Government of Nepal
Ministry of Agricultural, Land Management and Cooperatives
Department of Livestock Service

Directorate of Livestock Production

Hariharbhawan, Lalitpur
नेपाल सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
पशु सेवा विभाग

पशु उत्पादन निर्देशनालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

उद्देश्य

पशु उत्पादन निर्देशनालय, पशु सेवा विभाग अन्तरगत उत्पादन सम्बन्धि विषयगत प्राविधिक सेवा प्रदायक निकाय हो । वि.सं. २०५२ सालमा तत्कालीन कृषि विकास विभागबाट छुट्टिई पशु सेवा विभागको पुनर्संगठन हुँदा पशु उत्पादन महाशाखाको रुपमा रहेको यस निर्देशनालयलाई वि.सं. २०५७ सालमा पशु उत्पादन निर्देशनालय नामाकरण गरिएको हो ।

पशु सेवा विभाग अन्तरगत पशु प्रजनन् चरन तथा पशु आहारा विकास, पशुपंक्षी प्रवर्द्धन र पशुजन्य उत्पादनको गुण व्यवस्थापनको कार्यमा प्राविधिक सेवा उपलब्ध गराउने विषयगत कार्यालयहरुको निर्देशक र मार्गदर्शकको रुपमा रहेको यस निर्देशनालय आफ्नो विषय क्षेत्रमा प्राविधिक आधिकारीक निकाय (Technical Authority ) को काम गर्ने र तत्सम्बन्धि सम्पूर्ण जिम्मेवारी वहन गरिरहेको छ । यस निर्देशनालयको प्रत्यक्ष मातहतमा २ वटा राष्ट्रिय केन्द्रको ३ वटा वस्तुगत केन्द्रीय प्रबर्द्धन कार्यालयहरु, २ वटा प्रजनन् कार्यालय, ११ वटा फार्महरु र २ वटा प्रयोगशालाहरु गरी जम्मा २० वटा कार्यालयहरु रहेका छन् ।