Government of Nepal
Ministry of Agriculture and Livestock Development
Department of Livestock Service

National Livestock Resource Management and Promotion Office

Hariharbhawan, Lalitpur
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

कार्यक्रम

निर्देशनालयबाट संचालित बिशेष कार्यक्रमहरु
गरिबी निवारण ब्यबसायोंमुख बाख्रापालन योजना :
ग्रामिण क्षेत्रको गरिबी निवारण को लागि यस निर्देशनालय अन्तर्गत ७ बर्षे ब्यबसायोंमुख बाख्रापालन कार्यक्रम योजनाको रुपमा निम्न उद्देश्यहरु सहित संचालन भईरहेको छ ।
ग्रामिण
क्षेत्रको गरिबी निवारण को लागि यस निर्देशनालय अन्तर्गत ७ बर्षे
ब्यबसायोंमुख बाख्रापालन कार्यक्रम योजनाको रुपमा निम्न उद्देश्यहरु सहित
संचालन भईरहेको छ ।
    * २४,२०० परिवारको गरिबी निवारण गर्ने ।
    * ४८,८०० रोजगारीको अवसर सिर्जना गर्ने ।
    * ८० वोटा निजि फार्ममा बाख्राको श्रोत विकास गर्ने ।
    * बर्षेनी ५ लाख बाख्रा बोकाको छिमेकी राष्ट्रबाट हुने आयातलाइ प्रतिस्थापन गर्ने ।

आयोजना संचिलित जिल्लाहरु:
प्रथम चरण : सिराहा,
सप्तरी, उदयपुर, सर्लाही, काभ्रे, मकवानपुर, अर्घाखाँची, बाग्लुंग,
नवलपरासी, दांग, सुर्खेत, बाँके , जाजरकोट, रुकुम, रोल्पा, प्युठान,
सल्यान, कैलाली, कंचनपुर, बझांग, बाजुरा, डडेल्धुरा र धनकुटा ।
दोश्रो चरण : मोरंग,
झापा, महोत्तरी , धनुषा, रौतहट, बारा, धादिंग, सिन्धुपाल्चोक, म्याग्दी । 
आ. व. २०६४/२०६५ देखि दोश्रो चरणका जिल्लाहरुमा मात्र यो कार्यक्रम
संचालित छ ।  सोहि आ. व. देखि स्याङ्गजा जिल्ला थप गरिएको छ ।



अति बिपन्न वर्ग लक्षित बिशेस कार्यक्रम
 
अधिराज्यका १० वोटा जिल्लाहरुमा आ.व. २०६२/६३ देखि यस कार्यक्रमको थालनी भएको छ ।


ग्रामिण युवा स्वरोजगार प्रवर्धन पशु विकास कार्यक्रम
 

अधिराज्यका १० वोटा जिल्लाहरुमा आ. व. २०६४/६५ देखि यस कार्यक्रमको सुरुवात भएको छ ।

भूमिहीन बिपन्न कृषक लक्षित पशु विकास कार्यक्रम
 
अधिराज्यक ५ वोटा जिल्लाहरुमा आ.व. २०६४/६५ देखि यस कार्यक्रमको सुरुवात भएको छ । 


चक्रीय बंगुर विकास कार्यक्रम
 
सिमित जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी, कमैया, दलित जनजाती, आदिबासी जस्ता रोजगारी बाट बन्चित रहेका समुदायलाई बंगुरपालन कार्यक्रमको माध्यमबाट आयआर्जनमा वृद्धि गराउने उद्धेश्येले आ.व. २०६४/६५ देखि अधिराज्यका २ वटा जिल्लामा यो कार्यक्रमको थालनी भएको छ ।

अपस्केलिंग ब्यबसायिक बाख्रापालन कार्यक्रम
 
बख्रपलक कृषकहरुलाई बख्रपलान्को ब्यबसायिक क्षमतामा दक्ष बने बाख्राको उत्पादकत्व बढाउने उद्धेश्येले आ.व. २०६३/६४ देखि यो कार्यक्रमको थालनी भएको छ ।

पुर्बी पहाडी पशु विकास कार्यक्रम
 
पुर्बी पहाडी क्षेत्रका ५ जिल्लाहरुमा आ.व. २०६४/६५ देखि यो कार्यक्रम संचालन भएको छ ।

कार्पेट ऊनको लागि भेडा विकास कार्यक्रम
 
आ.व. २०६४/६५ देखि कार्पेट ऊनको उत्पादन बढाउदै लाग्ने उद्धेश्येले हिमाली भेगमा ३ वटा जिल्लाहरुमा यो कार्यक्रम संचालन भएको छ ।

राँगो / साँढे आपूर्ति कार्यक्रम
 
कृतिम गर्भाधान सेवा पुग्न नसकेका जिल्ला तथा स्थानहरुमा प्राकृतिक गर्भाधानको माध्यम बाट स्थानीय गाइ भैंसी नश्ल सुधार गर्ने उद्धेश्येले यो कार्यक्रम संचालन भएको छ ।


बृहतर पकेट प्याकेज कार्यक्रम
 
आ. व. २०६२/२०६३ देखि विभिन्न ८ जिल्लामा यो कार्यक्रमको थालनी भएको छ र क्रमश थप जिल्लाहरुमा कार्यक्रम विस्तार गरिंदै लैजाने योजना अनुरुप २ जिल्लाहरुमा यो कार्यक्रम विस्तार भैसकेको र अन्य जिल्लाहरुमा क्रमश थप गर्दै लगिने छ ।