Government of Nepal
Ministry of Livestock Development
Department of Livestock Service

Directorate of Livestock Production

Hariharbhawan, Lalitpur
नेपाल सरकार
पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

पशु उत्पादन निर्देशनालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

विश्व पशुपन्छी दिवस, २०७४ मनाइयाे

विश्व पशुपन्छी दिवस २०७४ मनाइयो
पशु उत्पादन निर्देशनालय हरिहरभवन, ललितपुरको आयोजनामा "पशुपन्छी प्रतिको आत्मियता, मानव जातिको सभ्यता" (Intimacy with Animal for Human Civilization) भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमहरुको आयोजना गरेर विश्व पशुपन्छी दिवस २०७४ मनाइयो । मिति २०७४ आश्विन २४ गतेदेखि ३० गतेसम्म तपसिल अनुसारका कृयाकलापहरु गरी यो दिवस मनाइएको थियो ।

१. प्रचार प्रसारः
मिति २०७४ आश्विन २४ र २५ गते दुइ दिन पशु कल्याणका विषयहरुमा केन्द्रित रही विभिन्न पम्प्लेट तथा व्यानरहरु तयार गरेर पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय, पशु स्वास्थ्य निर्देशनालय लगायतका स्थानहरु मार्फत प्रचार प्रसार गरिएको थियो ।

२. सरसफाई कार्यक्रमः
मिति २०७४ आश्विन २६ गते पशु सेवा विभाग, क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यमाञ्चल, पशु उत्पादन निर्देशनालय, पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय, पशु सेवा तालिम तथा प्रसार निर्देशनालय, हिमाली आयोजना, राष्ट्रिय चरन तथा पशु आहारा केन्द्र, केन्द्रिय गाईभैंसी प्रबर्द्धन कार्यालय, केन्द्रिय भेडाबाख्रा प्रबर्द्धन कार्यालय, केन्द्रिय बंगुर कुखुरा प्रबर्द्धन कार्यालय, लाइभष्टक गुण व्यवस्थापन प्रयोगशाला लगायतका कार्यालयका कर्मचारीहरुको उपस्थितीमा पशु सेवा विभाग हरिहरभवन परिसर भित्र सरसफाई कार्यक्रम गरिएको थियो ।

३. चित्रकला प्रतियोगिताः
२०७४ आश्र्विन २७ गते "पशुपन्छी प्रतिको आत्मियता, मानव जातिको सभ्यता" (Intimacy with Animal for Human Civilization) शिर्षकमा केन्द्रित रही मूख्यत पशु कल्याणका विषयमा काठमाण्डौ उपत्यका भित्रका नौ वटा सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्रछात्राहरुविच चित्रकला प्रतियोगिता गरियो । काठमाण्डौ जिल्लाका तीनवटा विद्यालयबाट ६ जना, ललितपुर जिल्लाका तीनवटा विद्यालयबाट ६ जना र भक्तपुर जिल्लाका तीनवटा विद्यालयबाट ६ जना गरी १८ जना विद्यार्थीहरु आमन्त्रण गरिएकोमा भक्तपुरबाट ५ जनामात्र र काठमाण्डौ र ललितपुरबाट ६/६ जना गरी कूल १७ जना विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए ।

चित्रकला प्रतियोगितामा प्रतियोगी चित्रहरुको मूल्यांकनका लागि पशु सेवा तालिम तथा प्रसार निर्देशनालयका कार्यक्रम निर्देशक डा. दमयन्ती श्रेष्ठको संयोजकत्वमा केन्द्रिय गाईभैंसी प्रवर्द्धन कार्यालयका वरिष्ट पशु विकास अधिकृत डा. रेशम राज ज्ञवाली र पशु सेवा विभागका वरिष्ट पशु चिकित्सक डा. प्रेरणा सेढाईं भट्टराई सदस्य रहेको समिति विभागबाट निर्माण गरिएको थियो र उक्त मूल्यांकन समितिले मूल्यांकन गरी तपसिल अनुसारका विद्यार्थीहरु पुरस्कृत भएका थिए ।

१ श्री विरध्वज तामाङ्, कक्षा-9, श्री महेन्द्र आदर्श मा.वि. ईमाडोल, ललितपुरः प्रथम
२ अनिता तामाङ्, कक्षा-8, श्री महेन्द्र आदर्श मा.वि. ईमाडोल, ललितपुरः द्वितिय
३ क्षितिज खड्काथोकी, कक्षा-9, श्री किटनी मा.वि. गोदावरी, ललितपुरः तृतिय
४ लक्ष्मी तामाङ्, श्री आदर्श मा.वि. लायकू, भक्तपुरः सान्त्वना


४. पशु कल्याण कार्यक्रमः
२०७४ आश्विन २९ गते पशुपतीको वनकालीमा अवस्थित गाई बाच्छा बचाउ तथा समाज विकास अभियान (गौशाला) मा उक्त गौशालाको व्यवस्थापकीय सहयोगमा माननीय पशुपन्छी विकास मन्त्री श्री सन्त कुमार थारुज्यू, पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जि.सी.ज्यू, सह-सचिव श्री श्याम प्रसाद पौडेलज्यू, पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलज्यू, पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बंशी शर्माज्यू लगायतको उपस्थितीमा उक्त गौशालामा रहेका पशुहरुको लागि १५० के.जि. दाना, जुका/नाम्ले विरुद्धको औषधि, जैविक सूरक्षा व्यवस्थापनका लागि एप्रोन र गमबुट लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।

5. सञ्चार माध्यमबाट विश्व पशुपन्छी दिवस वारे प्रसारण कार्यक्रमः
२०७४ आश्विन २९ गते पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बंशी शर्माज्यूको काष्ठमण्डप टेलिभिजनमा विश्व पशुपन्छी दिवसका अवसरमा पशु कल्याणका विषय लगायत निर्देशनालयसँग सम्बन्धित अन्य समसामयिक विषयमा समेत अन्तरर्वार्ता रेकर्डिङ्ग भई उक्त टेलिभिजनको समय व्यवस्थापनका क्रममा उक्त अन्तर्वार्ता मिति २०७४ आश्विन ३१ गते प्रशारण भएको थियो ।२०७४।६।३० गते प्रकाशित कृषि साप्ताहिक पत्रिकामा डा. बंशी शर्माज्यूको लेख समेत प्रकाशन भएको छ ।

6. व्याण्डबाजा सहितको प्रभातफेरी र समापन कार्यक्रमः
२०७४ आश्विन ३० गते विहान ७.00 बजे जिल्ला पशु सेवा कार्यालय लगनखेल, ललितपुरमा भेला भई व्याण्डबाजा सहितको प्रभातफेरी गरी पशु सेवा विभाग हरिहरभवनको प्रांगणमा सभामा परिणत भएर कार्यक्रम निर्देशक डा. बंशी शर्माले विश्व पशुपन्छी दिवसको वारेमा जानकारीमूलक सम्बोधन र चित्रकला प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः रु. 4000।-, 3000।-, 2000।– र 1000।– नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । सो प्रभातफेरी कार्यक्रममा माननीय पशुपन्छी विकास राज्यमन्त्रीज्यू, पशुपन्छी विकास मन्त्रालयका सचिवज्यू, सह-सचिवज्यूहरु, पशु सेवा विभागका महानिर्देशकज्यू, उप-महानिर्देशकज्यू, क्षेत्रीय निर्देशकज्यू, कार्यक्रम निर्देशकज्यूहरु, आयोजना निर्देशकज्यूहरु, कृषक/व्यवसयी, उद्यमी, पेशागत संघ/संगठनका प्रमुख/प्रतिनिधिहरु, पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो । प्रभातफेरी कार्यक्रममा सहभागिहरुलाई विश्व पशुपन्छी दिवसको लोगो अंकित टी-सर्ट वितरण गरिएको थियो । उक्त टी-सर्ट व्यवस्थापनका लागि एनिमल नेपाल र हेफर इन्टरनेसनल नेपालको समेत सहयोग उपलब्ध भएको थियो ।


Published By: पशु उत्पादन निर्देशनालय | 2017-10-18


Download Attachment: विश्व पशुपन्छी दिवस, २०७४